सुनको मूल्य बढेको बढ्यै, मंगलबार प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुग्यो

 साउन १३, २०७७


साउन १३,काठमाडाैं। सुनको मूल्य निरन्तर रुपमा उकोलो लागिरहेको छ। मंगलबार (आज) पनि सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९८ हजार २ सय रुपैयाँ पुगेको हो।

यसअघि सोमबार प्रतितोला १२ सय रुपैयाँले बढेकाे सुनको मूल्य आइतबार ५ सय रुपैयाँले बढेको थियो। साताको पहिलो दिन आइतबार सुन ९६ हजार ३ सय रुपैयाँ कारोबार भएको थियो भने शुक्रबारको प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो।

यसैगरी सोमबार आइतबारको तुलनामा प्रतितोला १२ सयले बढेर सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ पुगेको थियो। यसैगरी चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँ थियो।

तपाईंको प्रतिक्रिया