सल्यानमा मास्क नलगाई हिड्ने १ हजार कारवाहीमा

 साउन १४, २०७७

सल्यान १४, साउन ।
सल्यानमा मास्क नलगाई हिड्नेहरुलाई कारबाही गर्दा एक लाख बढी राजस्व संकलन भएको छ । गत असार २७ गते देखी हाल सम्म मास्क नलगाएर हिड्नेहरुलाई कारवाही गर्दा जिल्लाभर एक लाख तीन हजार नौँ सय रुपैँया राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस अबधिमा जिल्लाभर १ हजार ३९ जना कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार मात्रै जिल्लाभर १ सय ८० जना कारवाहीमा परेका छन् । जसमा श्रीनगर बजारमा ३० जना, कपुरकोट बजारमा १७ जना, खलंगा बजारमा १५ जना, सिमखोली बजार ५० जना, थारमारे बजार ४ जना, बनगार बजार १४ जना र देवस्थल बजारमा ५० जना कारवाहीमा परेका छन् ।

कोरोना भाइरसको जोखिम बढ्दै गएको अबस्थामा आबश्यक साबधानी अपनाउदैँ यसको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन अनिवार्य रुपमा मास्क लगाउनुपर्ने ब्यबस्था गरिएपनि मास्क नलगाएर हिड्नेलाई कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

तपाईंको प्रतिक्रिया