मोटरसाइकल दुर्घटनाका घाइते बुढामगरको मृत्यु

 साउन १४, २०७७

ओमप्रकाश गुप्ता , सिसहनियाँ १४ साउन ।
दाङको देउखुरीमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइतेको लमहीमा उपचारका क्रममा निधन भएको छ । लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा चोकमा मंगलबार बेलुका भएको दुर्घटनामा परी रा १ प ४७६५ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका ८ बिजौरी निवासी २० वर्षका अविनास बुढामगरको मंगलबार राति निधन भएको प्रहरी चौकी सिसहनियाँका प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले जानकारी दिएका छन् ।

घाइते मध्ये राप्ती गाउँपालिका वडा नम्बर ८ विजौरी निवासी २० वर्षका सागर चौधरीको फ्लोरेन्स अस्पताल लमहीमा र राप्ती गाउँपालिका ६ पत्थरगढवा निवासी ३२ वर्षका दिनेश चौधरीको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले बताएको छ । पश्चिमबाट पुर्व तर्फ गइरहेको रा १ प ४७६५ नम्बरको मोटरसाइकल र पुर्वबाट पश्चिम तर्फ गइरहेको रा ३ प ५७८२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।

तपाईंको प्रतिक्रिया