कालीकोटमा पहिरोमा परी दुई जनाको ज्यान गयो

 साउन १५, २०७७


तुलसीपुर,१५ साउन ।
कालीकोटको सान्नी त्रिवेणि गाउँपालिकामा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर–६ बुढागाउँका ६० वर्षका पर्शुराम संज्याल र २८ वर्षका तारा संज्यालको मृत्यु भएको हो । आज बिहान खानेपानीको विग्रिएको पाइपलाइन बनाउने जाने क्रममा लालिखोला गएको बेला पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया