तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत घुस सहित पक्राउ
तुलसीपुर , १६ साउन ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जादै गर्दा उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको हो ।
उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ । त्यो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ । घुस लिएर काठमाडौं जादै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिई खानतलासी गरेको हो ।
तपाईंको प्रतिक्रिया