सिपिएल क्रिकेटमा सन्दीपको टोली पराजित

 भदौ ०५, २०७७

तुलसीपुर,५ भदौ ।

क्यारेवियन प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम जमैका तलावाजले पहिलो हार ब्यहोरेको छ । आज भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भयो । ट्रिनडाड स्थित ब्रायन लारा क्रिकेट स्टेडियमा टस हारेर ब्याटिङको निम्तो पाएको जमैकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो ।

निकै खराव सुरुवात गरेको जमैकाले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो भने १० रनमा दोस्रो तथा १९ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका ओपन चान्डविक वाल्टोन र निकोलस र्किटोनले खाता खोल्न सकेनन् । यस्तै कप्तान रोभमन पावेलले आठ रन जोड्नुभयो ।जमैकाको पारीमा ग्लेन फिलिप्स र असिफ अलीले मध्यम साझेदारी गर्दै टिमको पारी सम्हाल्ने कोसिश गरेका थिए । तर अली २२ रनमा आउट हुँदा जमैकाले ५८ रनमो चौथो विकेट गुमायो ।

त्यसपछि कार्लोस ब्रेथवेटले खाता खोल्न नसक्दा ६३ रनमा जमैकाले पाँच विकेट खेर फाल्यो ।जमैकाका लागि फिलिप्सले ५८ रन बनाउनुभयो भने आन्ड्र रसेलले २५ रनको योगदान गर्नुभयो । बलिङमा अली खान र जेडन सिल्स्ले दुई दुई विकेट लिनुभयो । जवाफमा नाइट राइडर्सले १८ ओभर दुई बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो ।

उसका जितमा सुनील नरानले ५३ रन बनाउनुभयो भने कोलिन मुन्रोले अविजीत ४९ रन बनाउनुभयो । बलिङमा सन्दिप लामिछानेले चार ओभरमा ३० रन खर्चिएर एक विकेट लिनुभयो ।जारी प्रतियोगितामा नाइट राइडर्सको दोस्रो जित हो भने जमैकाको दोस्रो खेलमा पहिलो हार हो । यो जितले नाइटराइडर्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

तपाईंको प्रतिक्रिया