विदेशमा रहेका नेपालीको उद्दार फेरी सुरु
तुलसीपुर,९ भदौ ।
वैदेशिक रोजगारीका क्रममा रहेका र अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने काम आज बाट फेरि सुरु हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सीससीएमसीको निर्देशनपछि बन्द भएको उद्दार उडान आज बाट सुरु हुने भएको छ ।
पर्यटन तथा नागरिक उडयन मन्त्रालयका अनुसार आजदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्दार गरिने तालिका बनाइएको छ । नयाँ तालिका अनुसार आज साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ । भोलि आबुधाबीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ । पर्सी ११ गते नेपाल एयरलाइन्सले रियादबाट, हिमालयन एयरलाइन्सले दम्मामबाट र टर्किस एयरले इस्तानबुलबाट उद्दार उडान गर्नेछन ।
१६ गतेसम्म कुन देशबाट कति यात्रु ल्याउने भन्ने तालिका बनाइएको छ । टर्किस र कतार एयरलाइन्सले एक पटकमा एक सय जनाभन्दा बढी यात्रु ल्याउन नपाउने भएका छन ।
तपाईंको प्रतिक्रिया