तुलसीपुरमा थपिए ७ संक्रमित

 भदौ १०, २०७७

तुलसीपुर,१० भदौ ।

तुलसीपुरमा ७ जना कोरोना संक्रमित थपिएका छन । राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा ७ जनामा कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको कोरोना भाईरस फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । संक्रमित ३ जना भारतबाट आएका हुन । उनिहरु तुलसीपुरको वडा नम्बर १०, १७ र ३ नम्बर वडाका हुन ।

यस्तै, होम क्वारेन्टाइन बसेका र कन्ट्याक्ट ट्रेसिङका गरि ४ जनामा कोरोना देखिएको हो । उनिहरु मध्ये वडा नम्बर ५ का एक जना वडा नम्बर ६ का दुई जना र वडा नम्बर ११ का एक जना रहेको फोकल पर्सन केसीले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया