आज देखि दाङमा जोरबिजोर प्रणाली लागु
तुलसीपुर, ११ भदौ ।
कोरोना भाईरस संक्रमणको जोखिम बढेपछि दाङमा आज देखी सवारी साधनमा जोरविजोर प्रणाली लागु भएको छ । स्थानिय प्रशासनले बढ्दो संक्रमणलाई मध्येनजर गदै सवारी साधनमा यस्तो नियम लागु गरेको छ । गएको साउन ८ गते देखी दाङमा छोटो दुरीका सार्वजनिक यातायातका साधन पनि सन्चालनमा रहेका छन् ।
जसले गर्दा सडक तथा बजारमा सवारी साधनको अत्यधिक चाप बढेको छ । सवारी साधनको चाप बढेपछि भिडभाड पनि बढि हुने गरेको भन्दै सार्वजनिक तथा निजि नम्वर प्लेडका साना तथा ठुला जुनसुकै गाडीमा जोर विजोर प्रणाली लागु हुने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
कुनै पनि सवारी साधनको नम्वर प्लेडमा भएको अन्तिम अंकको आधारमा जोरविजोर नियम लागु हुनेछ । जोर गतेका दिन जोर नम्वर प्लेड र विजोर गतेका दिन विजोर नम्वर प्लेड भएका सवारी साधन चल्न पाउनेछन् । नियमको उल्लङघन गरेमा कारवाही गरीनेले जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।
यसका लागी ट्राफिक प्रहरी परिचालन गरी जिल्लाका विभिन्न स्थानमा कडाईका साथै चेकजाँच हुने बताईएको छ । ठाउँठाउँमा चेकजाँच हुनेछ । नियमको पालना भए नभएको बारेमा अनुगमन समेत गरिने उनले बताएका छन् । जिल्लामा रात्रिकालिन कफर्यु समेत लगाईएको छ । साँझ सात बजेदेखी विहान पाँच बजेसम्म निषेधाज्ञा जारी रहेको छ ।
तपाईंको प्रतिक्रिया