प्रादेशिक अस्पताललाई सिल गरियो
![](https://janamukhikhabar.com/wp-content/uploads/2020/08/sil.jpg)
तुलसीपुर,१३ भदौ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लाई सिल गरिएको छ । अस्पतालमा कार्यरत २ डाक्टर, २ स्टाफ नर्स, ३ स्वास्थ्यकर्मी र २ कार्यालय सहयोगी गरी ९ जनामा कोरोना देखिएपछि अस्पताल सिल गरिएको हो । अस्पतालमा आज बसेको आपतकालिन बैठकले यस्तो निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले जानकारी दिएका छन ।
अर्को सूचना जारी नहुन्जेल सम्मका लागि सिल गरिएको हो । हाल अस्पतालमा रहेका विरामी सबैको भोली स्वाब लिईने र कोरोना रिपोर्ट नेगेटिभ आएका चिकित्सकहरु बाट सेवा प्रबाह गरिने अध्यक्ष न्यौपानेले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया