लकडाउन: तुलसीपुर बजार सुनसान

 भदौ १५, २०७७


तुलसीपुर,१५ भदौ ।

दाङमा एक सातासम्मको लागि लकडाउन गरिएको छ । लकडाउनको कारण बजार पुर्ण रुपमा बन्द रहेको छ । आज विहानै देखि तुलसीपुर सुनसान देखिएको छ । विगतमा लकडाउन कार्यान्वयन चुनौती देखिने गरेतापनि यसपटक नागरीकहरुमा चेतना बढेको र जोखिम पनि उत्तीकै रहेको हुदा लकडाउन पुर्णरुपमा पालना गरेको देखिएको छ । कोभिड १९ विपद् ब्यवस्थापन समतिको शुक्रवार बसेको बैठकले आईतवार राती १२ बजे देखि एक सातासम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्लामा लकडाउन गरिएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार भदौ २१ गतेसम्म लकडाउन जारी रहने छ । लकडाउनका क्रममा जिल्लाभर सार्वजनिक यातायात, बजार, व्यापार, मेला, महोत्सव, भेला, सभा, जुलुसलगायत भिड बढाउने कुनै पनि गतिविधि गर्न पाइने छैन ।

lockdown

तपाईंको प्रतिक्रिया