बालबालिकामा पेट दुख्नु, झाडापखाला र बान्ता हुनु कोरोनाको लक्षण

 भदौ १९, २०७७

काठमाण्डाै, १९ भदौ

कोरोना भाइरसको महामारी झन् फैलिँदै गएपछि वैज्ञानिकले यसबारे अनुसन्धान बढाएका छन् । कोरोना भाइरसबारे विभिन्न देशले अनुसन्धान गरिरहेका छन् । यसै क्रममा बेलायतले गरेको एउटा अनुसन्धानले बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा  बान्ता भए उनीहरुमा कोरोनाको सङ्क्रमण भएको हुन सक्ने देखाएको छ ।

क्विन्स युनिभर्सिटी बेलफास्टको टोलीले गरेको अनुसन्धानमा बालबालिकालाई पेट दुखेमा त्यो कारोना भाइरसको लक्षण भएको हुन सक्ने पाइएको हो । झण्डै एक हजार बालबालिकामा गरिएको अनुसन्धानपछि वैज्ञानिकले यस्तो बताएका हुन् । उनीहरुका अनुसार अनुसन्धानमा सहभागी ९ सय ९२ बालबालिकामध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो ।

त्यसमध्ये १३ जनालाई पेट दुखेको, झाडापखाला र बान्ता भएको पाइएको छ । यस्तै ज्वरो, रुघाखोकी, गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको बेलायतले उल्लेख गरेको छ ।

तपाईंको प्रतिक्रिया