विद्यालय कर्मचारी विस्थापीतबारे परीषद्को ध्यानाकर्षण

 भदौ २०, २०७७

तुलसीपुर,२० भदौ ।

नेपाल बिद्यालय कर्मचारी परिषद् प्रदेश न ५ को भर्चुअल बैठक शुक्रवार सम्पन्न भएको छ । बैठकले ६० बर्ष उमेर पुगेको र बिद्यालय मर्जका कारण बिद्यालय कर्मचारी बिस्थापन कार्य प्रति ध्यानाकर्षण भएको जनाएको छ । साथै तत्कालै कर्मचारीहरु बिस्थपित हुनबाट रोक्न परिपत्र गराउन प्रदेश ५ का समाजिक बिकाश मन्त्रालयमा महासङ्गको अगुवाइमा ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

यस्तै लामो समयदेखि न्युन तलबमा काम गर्दै आएका कर्मचारीहरुको तलव दसैं भित्रमा बृद्धि नभए प्रदेश नम्बर ५ बाट नै आन्दोलनको शुरुवात गर्ने निर्णय भएको परीषद् दाङका अध्यक्ष गोबिन्द घर्तिले जानकारी दिएका छन ।

परीषद्का प्रदेश अध्यक्ष गङगा नेपालको अध्यक्षता तथा नेपाल शिक्षक महासङका प्रदेश ५ का अध्यक्ष प्रेम नारायण भण्डारीको प्रमुख आतिथ्यमा बैठक भएको थियो । बैठकमा नेपाल परिषद्का अध्यक्ष बाहादुर खड्का ,महासचिव प्रदिप श्रेष्ठ , बरिस्ठ उपाध्यक्ष डोलरज शर्मा ,उप महासचिव लोकनाथ पान्डेय,केन्द्रीय उपाध्यक्ष गोविन्द घर्ती, बिद्यालय कर्मचारी परिषदका केन्द्रिय सदस्य प्रेम बहदुर खत्री ,दिलिप न्यौपाने,प्रदेश उपाध्यक्ष डम्बर वलि, नेपाल शिक्षक महासङ्गका केन्द्रीय सदस्य गङ्गाराम तिवारी, जिल्ला अध्यक्षहरु खुम बिक,राम शंकर चौधरी लगायत ५ नम्बर प्रदेश भित्रका जिल्लाका जिल्ला अध्यक्षहरुले आ आफ्नो धारणा राखेका थिए ।

बैठक सन्चालन नेपाल बिद्यालय कर्मचारी परिषद् गुल्मिका अध्यक्ष शालिकराम पन्थीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया