शहिदका सपनामा कपुतले रजाँई गरेपछि (भिडियो सहित)

 भदौ २२, २०७७


तुलसीपुर,२२ भदौ ।

कुल्चेर सहिदका सपना कपुतले रजाई गर्दा ।
फाट्यो आमाको छाती युवा निदमा पर्दा ।।


यी गीतका शव्दहरुले साच्चिकै शहिदको रगत बोलेको छ । देश परीवर्तनका लागि भोको पेट संग अनेकौं सपनाहरु बोकेर आन्दोलनमा होमिदा कैंयो शहिद बने । कैंयोको बलिदानबाट देशमा थुप्रै परीवर्तन भए । तर जनताको जनजिवनमा खास्सै परीवर्तन देखिएन । अझ भनौं शहिद प्रतिको सम्मान गर्नुभन्दा पनि अगुवाहरु नै अवसरबादी भए । शहिदको बलिदानले ल्याएको परीवर्तनमा आज अरुको रजाँई चल्दैछ । रत यस्तै भाव समेटिएको देशभक्ति गित बजारमा आएको छ ।

उक्त गितका रचनाकार हुन दाङका तुलसीपुर ११ जुसपुर निवासी हेम बहादुर वली । उनले यस अघि पनि थुप्रै गित रचना गरेका छन । उनले रचना गरेको यो गीतले साच्चिकै देशको अवस्थालाई चित्रण गर्नुका साथै देश प्रतिको माया झल्कीएको हुदा पनि उनको गितलाई दर्शक श्रोताहरुले रुचाएका छन ।

उनको यो गितलाई स्वर विश्व नेपालीले स्वर दिएका छन भने हरी लम्सालले संगित भरेका छन ।

तपाईंको प्रतिक्रिया