‘ठुलाबडा होम आईसोलेशनमा, हामि भने जोखीममा’

तुलसीपुर,२ असोज ।
पश्चिम दाङको शान्तीनगर गाउपालीका वडा नम्बर ५ निवासी एक कोरोना संक्रमितले होम आईसोलेसनमा बस्न नदिएको गुनासो गरेकि छिन । समुदाय स्तरमा गरिएको कोरोना परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनी अहिले बेलझुण्डी स्थित कोरोना विषेश अस्पतालमा छिन । त्यहा पनि लक्षण भएका नभएका सबैलाई एकै ठाउमा रहेको हुदा झनै जोखिम बढेको उनले बताएकि छिन ।
उनले ठुलाबडा होम होम आइसोलेसनमा बस्ने सर्बसाधरणले किन बस्न नपाउने भन्द प्रश्न गरिन । अस्पतालमा भारतबाट आई लक्षण सहितका संक्रमति सगै राख्दा आफ्नो श्वास्थ्य झनै जोखिममा रहेको समेत बताएकि छिन ।
तपाईंको प्रतिक्रिया