उपमहानगरका ३ कर्मचारी सहित २१ जनामा कोरोना पुष्टि

 असोज ०६, २०७७

तुलसीपुर ।

तुलसीपुरमा एकै दिन २१ कोरोना संक्रमित थपिएका छन । आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा तुलसीपुरमा ७ महिने बालक सहित उपमहानगरपालिकाका ३ कर्मचारी, वल्र्ड लिङका ३ कर्मचारीमा समेत कोरोना पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

गएको शुक्रवार तुलसीपुरका कर्मचारी, ईन्टरनेटका कर्मचारी, क्वारेन्टाईनमा बसेका र कन्ट्याक्ट ट्रेसिङ गरी जम्मा ८४ जनाको नमुना स्वाव संकलन गरि घोराही पठाईएको थियो । ती सवैको कोरोना पपरिक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईंको प्रतिक्रिया