‘कृष्ण लीला’ मा दीपिका

 असोज ०८, २०७७

काठमाडौं ।

फिल्म ‘कृष्ण लीला’ निर्माण हुने भएको छ । दीपक ओलीको निर्देशनमा फिल्म बन्न लागेको छ । कमेडी विषवस्तुमा निर्माण हुन लागेको फिल्ममा पुष्प खड्का, दीपिका प्रसाई, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद फिल्म रहनेछ ।

रोकिएको फिल्म क्षेत्रलाई अव चलायामान बनाउनु पर्छ भनेर फिल्म निर्माणमा आफु जुटेको निर्देशक ओलीले बताए । सरकारले अनुमति दिए असोज १५ गतेबाट फिल्मको छायांकन सुरु गर्ने योजना आफ्नो रहेको ओलीले सुनाए । अर्जुन पोखरेलको संगीत रहने फिल्मको प्रस्तुतकर्तामा रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ निर्माता रहेको फिल्म शिव ढकालले खिच्दैछन् । 

तपाईंको प्रतिक्रिया