मावि उरहरीमा दुई सीफ्टमा पढाई

 असोज ०९, २०७७

तुलसीपुर ।

कोरोनाका कारण ठप्प भएका शैक्षिक गतिविधिहरु विस्तारै सन्चालन हुन थालेका छन् । सरकारले बैकल्पिक शिक्षा अन्र्तगत सिकाई सहजीकरण सन्चालन गर्न अनुमति दिएपछि असोज १ गते देखी शैक्षिक गतिविधिहरु सुचारु भएका छन् । सोहि अनुरुप तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यामिक विद्यालयले दुई सिप्टमा पढाई सन्चालन गरेको छ ।

विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीका अनुसार माध्यामिक तह ९–१२ को विहान ७ बजेदेखी १० बजे सम्म र आधारभुत तह १– ८ को विहान ११ बजेदेखी दिउँसो २ बजे सम्म पढाई भईरहेको छ ।
विद्यालयले पहिलो पटक विद्याथीहरुलाई निशुल्क रुपमा मास्क समेत बाडेको थियो । विद्यालय हाता भित्र विभिन्न स्थानमा हातधुने ब्यवस्था गर्नुका साथै सामाजिक दुरी कायम गर्दै पठन पाठन सुरुवात गरेको उनले बताएका छन । यस्तै तुलसीपुर क्षेत्रका अन्य विद्यालयहरुले पनि सिफ्ट अनुसार पढाई सुरु गरेका छन ।

तपाईंको प्रतिक्रिया