बाटो खन्ने क्रममा पहिरोमा परी एक जनाको ज्यान गयो

 असोज १२, २०७७

तुलसीपुर ।
प्यूठानमा पहिरोले पुर्दा जेसिबी चालकको ज्यान गएको छ । ज्यान जानेमा अर्घाखाँची सितगंगा नगरपालिका ८ लापेका ४० वर्षिय नरसिंह वुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

मदन भण्डारी लोकमार्ग अन्र्तगत माण्डवि गाउपालीका १ डाम्रि खोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो । सडक माथिवाट खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन जेसिबीवाट हाम फालेका वुढा मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया