दंगिशरणका विद्यालय संचालनमा

 असोज १२, २०७७

दीप्तीशिखा चौधरी, तुलसीपुर ।

पश्चिम दाङको दंगीशरण गाउँपालिकामा विद्यालय संचालनमा आएका छन् । विद्यालय संचालनमा आएपछि ६ महिनादेखि ठप्प रहेको दंगीशरण गाउँपालिकाको विद्यालयको शिक्षण शिकाई क्रियाकलाप सुरु भएको छ । दंगीशरण गाउँपालिकाको विरेन्द्र मा.वि. हेकुली, सिद्ध पृथ्वी जनता मा.वि. श्रीगाउँ, मा.वि. मधपुर, भानु मा.वि. प्रसडुवा, प्रा.वि. कौवाघारी, जनता आधारभुत विद्यालय बुटनीया, ज्ञानज्योती प्रा.वि.बोगटि, आधारभुत विद्यालय बाँकि बेटारपुर, रात्री प्रा.वि. सिम्ठाना, सरस्वती प्रा.वि. मिरौली, सरस्वती आधारभुत विद्यालय पदमपुर,रात्री आधारभुत विद्यालय बैबाङ्ग, लक्ष्माीनारायण आधारभुत विद्यालय सलौरा, प्रावि मलईखोला, ज्ञानज्योती प्रावि खलुवाचिस गरि १५ वटा सामुदायीक विद्यालयहरु संचालनमा आएका छन् ।

विद्यालयमा विद्यार्थीहरुको संख्याका आधारमा दिनमा ५० भन्दा कम विद्यार्थीहरु बोलाई समय तालीका अनुशार सीकाई सहजीकरणका रुपमा शिक्षण सिकाई क्रियाकलाप भईरहेको शिक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिए । सामाजिक दुरी कायम गरेर कम मात्रामा विद्यार्थीहरु राखेर मापदण्ड अनुशार दंगीशरणका विद्यालयहरु संचालनमा आएका हुन् । कोभिड १९ को संक्रमणमा सुधार देखिएमा फेरी छलफल गरेर अगाडि बढ्ने शिक्षा प्रमुख अधिकारीले बताए ।

तपाईंको प्रतिक्रिया