ईन्स्योरेन्स कम्पनीद्धारा दुर्घटना वापतको ५ लाख रुपैया हस्तान्तरण
तुलसीपुर ।
नेपाल ईन्स्योरेन्स कम्पनी लिमिडेट तुलसीपुरले दुर्घटना वापतको बिमा रकम हस्तान्तरण गरेको छ । गत असारमा मोटरसाईल दुर्घटनामा परि ज्यान गुमाएका तुलसीपुर १५ निवासी तुलाराम चौधरीको परीवारलाई पाँच लाख रुपैया हस्तान्तरण गरिएको ईन्स्योरेन्स कम्पनीका मार्केटिङ कैलाश चन्दले जानकारी दिएका छन ।
वडा नम्बर १६ टिक्रालहलौरामा गुडीरहेको रा २ प ८३८ नम्बरको मोटरसाईकल माथि रुखको हाँगा खस्दा भएको दुर्घटनामा परि उनको ज्यान गएको थियो । चौधरीको निधन पश्चात बिमा वापतको रकम उनकि श्रीमती मञ्जीता चौधरीलाई हस्तान्तरण गरिएको चन्दले जानकारी दिए । यातायात ब्यवस्था ऐन तथा नियमावली बमोजिम सवारी दुर्घटनामा परि ज्यान गुमाएपछि मृतकको हकमा रकम उपलब्ध गराउने ब्यवस्था रहेको छ ।
सोही ब्यवस्था अनुसार कम्पनीका शाखा प्रमुख बिबेक चन्दले मृतक चौधरीकि श्रीमतीलाई उक्त रकम आज हस्तान्तरण गरेका हुन । कम्पनीले दुर्घटना वापतको रकम आवस्यक कागजात पेश गरेको सात दिन भित्र नै उपलब्ध गराउदै आएपनि चौधरी परीवारबाट कागजात ढिला आएकोले आज हस्तातरण गरेको थियो ।
तपाईंको प्रतिक्रिया