सर्पको टोकाईबाट दाङमा एक बालिकाको ज्यान गयो

 असोज २३, २०७७

तुलसीपुर ।

दाङमा विषालु सर्पको टोकाईबाट एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा शान्तीनगर गाउँपालिका वडा नम्वर ६ तिनबारी बस्ने सेर बहादुर वलीका डेढ बर्षिया छोरी अस्मिता वली रहेको प्रहरीले जनाएको छ । शुक्रवार दिउँसो आफनै घरमा खेलिरहेको अवस्थामा बालिकाको दाहिने हातमा सर्पले डसेको थियो ।

सर्पको टोकाईबाट गम्भिर विरामी परेकी बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा आज दिउँसो निधन भएको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया