कर्मचारीमा कोरोना देखिएपछि चार कार्यालयको सेवा बन्द

 असोज २८, २०७७

तुलसीपुर ।

दाङमा दैनिक जसो कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । यस अघि जिल्लाका ६ वटा सरकारी कार्यालय बन्द रहेको अवस्थामा आज फेरी कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि ४ वटा कार्यालय बन्द भएका छन । यसैक्रममा तुलसीपुरमा नापी कार्यालयका एक कर्मचारी सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालय तुलसीपुरमा कार्यरत एक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा १० जना तथा भेरी अस्पताल र टेकु अस्पताल काठमाडौंमा १÷१ एक जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

यसैविच तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि कार्यालयलाई ६ दिनका लागी सिल गरिएको संस्थाका अध्यक्ष खेमराज वलीले जानकारी दिएका छन् ।

यस्तै, जिल्ला समन्वय समिति दाङको कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना देखीए पछि कार्यालय पाँच दिनका लागी सिल गरिएको छ । त्यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्षलाई समेत कोरोना संक्रमण पुुष्टि भए पछि वडा कार्यालय एक साता सम्मका लागी सिल गरिएको छ ।

तपाईंको प्रतिक्रिया