तुलसीपुरमा शिक्षक सहित २२ जनामा कोरोना संक्रमण

 असोज २९, २०७७

तुलसीपुर ।
तुलसीपुरमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिइएको स्वाव पिसिआर परिक्षण गर्दा ४ महिला र १८ पुरुषमा कोरोना पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।

संक्रमित हुनेमा उपमहानगरपालिकाका कर्मचारी ,शिक्षक, तथा नेकपाका नेता समेत रहेका छन ।यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३६८ जना पुगेको छ भने सकृय संक्रमितको संख्या १४२ रहेको छ ।

तपाईंको प्रतिक्रिया