तुलसीपुरमा ९ संक्रमित थपिए
तुलसीपुर ।
तुलसीपुरमा मंगलवार थप ९ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट लिईएको नमुना स्वाव परिक्षण गराउदा ९ जना पुरुषमा कोरोना पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
संक्रमीत हुनेमा वडा नम्वर ५ का ३२,४३,२८ र ३१ वर्षका चार पुरुष, वडा नम्वर ६ का ५९ र ४४ बर्षक दुई पुरुष, वडा नम्वर ७ का ४४ बर्षका एक पुरुष, वडा नम्वर १४ का ३२ वर्षका एक पुरुष र वडा नम्वर १६ का २८ बर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको उनले जानकारी दिएका छन् । यो संगै तुलसीपुरमा संक्रमित हुनेको संख्या ३९७ पुगेको छ ।
जसमा १६१ जना संक्रिय संक्रमित र २२६ जना संक्रमण मुक्त भईसकेका छन् ।
तपाईंको प्रतिक्रिया