कोरोनाबाट तुलसीपुरका एक पुरुषको ज्यान गयो

तुलसीपुर ।
कोरोना संक्रमणबाट दाङमा थप एक पुरुषको ज्यान गएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ निवासी ७० पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ज्यान गएको हो । कात्तिक १३ गते अस्पतालमा भर्ना भएका उनको हिजो दिउसो जयान गएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन ।
यस अघि शनिवार विहान मात्रै दाङ घोराहीका ७० वर्षीय पुरुषको कारोनाका कारण कोहलपुरमा ज्यान गएको थियो । योसँगै बाँके जिल्लामा हालसम्म बाँकेमा ४९ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १९ जना र बाँके जिल्लाका ३० जना रहेको जिल्ला फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया