अबैध घरेलु मदिरा नियन्त्रण गर्दै प्रहरी

 कार्तिक १६, २०७७

तुलसीपुर ।

दाङ प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रणमा सक्रियता बढाएको छ । समाजमा अपराध जन्य क्रियाकलाप बढ्ने र अशान्ती फैलने भन्दै मदरी बरामद गरी नष्ट गरेको जनाएको छ । यसैक्रममा घोराही उपमहानगरपालिका वडा नम्वर १८ फुर्सेखालीबाट वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न व्यक्तिले तयार गरी राखेको अवैध घरेलु मदिरा आज बरामद गरी नष्ट गरेको जनाएको छ ।

गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले रक्सी ४० लिटर, अवैध घरेलु मदिरा बनाउने जाँड १४२ ड्रममा राखेको अन्दाजी ४०५० लिटर, मदिरा बनाउन प्रयोग हुने औषधी पाँच बोरा र मदिरा निर्माण गर्न प्रयोग गरिने ८ सेट भाडा बरामद गरिएको प्रहरी प्रवक्ता तथा डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया