दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै,दशैंपछि ५ जनाको ज्यान गयो

तुलसीपुर ।
पछिल्लो समय दाङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । जिल्लामा समुदाय स्तरमा कोरोना फैलिएसगैं कोरोना संक्रमण दर र ज्यान गुमाउनेको संख्या बढेको हो । जिल्लामा दशैं सकिए यता ५ जनाले ज्यान गुमाईसकेका छन । शनिवार विहान र राती घोराही ४ र तुलसीपुर १९ का एक÷एक जनाले कोरोनाबाट ज्यान गुमाएका थिए ।
ती दुवै पुरुष बृद्ध हुन । यस्तै,आइतबार राती तुलसीपुर ९ का एक पुरुषको पनि बांकेंमा उपचारको क्रममा ज्यान गएको थियो । यसैगरी,तुलसीपुर ६ का एक कोरोना संक्रमित पुरुषको गयराती ज्यान गएको छ ।
यस्तै,बाँकेमा उपचाररत घोराही उपमहानगरपालिका वडा नम्बर १० की ६५ वर्षीया महिलाको आज दिउँसो नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
तपाईंको प्रतिक्रिया