ओली भेट्न नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारमा
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।
दुई अध्यक्षबीच पछिल्लो समय पार्टीभित्र देखिएको विवादबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
नेकपाभित्र देखिएको विवाद दुई अध्यक्षबीचको संवादबाटै हल हुने भन्दै छलफल गर्न दोस्रो तहका नेताहरू दबाब दिइरहेका थिए।
दुई अध्यक्षबीच गत शनिबारयता संवाद हुन सकेको थिएन्।
प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई अलग्गै हिँड्न भनेपछि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको थियो।
तपाईंको प्रतिक्रिया