कोरोनाबाट तुलसीपुरका एक पुरुषको मृत्यु
तुलसीपुर ।
कोरोना संक्रमणबाट तुलसीपुरमा थप एक पुरुषको ज्यान गएको छ । वडा नम्बर ७ का ५७ बर्षका पुरुषको ज्यान गएसगैं ज्यान जानेको संख्या ७ पुगेको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । यस अघि हिजो नै वडा नम्बर ५ का ७६ बर्षका पुरुषको ज्यान गएको थियो । यस्तै हिजो थप १२ जनामा संक्रमण पुष्टि भएको छ ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट र कोहलपुरमा गरिएको पिसिआर परिक्षणमा तुलसीपुरमा थप ४ महिला र ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ५८८ जना , सकृय संक्रमित संख्या १९५ जना र हाल सम्म डिस्चार्ज संख्या ३९३ रहेको छ ।
तपाईंको प्रतिक्रिया