विशेषज्ञ सेवा पाउदा कालिमाटीका नागरीकमा खुसी

 कार्तिक २५, २०७७

बुद्धि पुन, सल्यान ।

सल्यानको कालिमाटी गाउँपालिकामा सम्पुर्ण सेवा सहितको विशेषज्ञ सेवा संचालन गरिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा सोमबार विशेषज्ञ सहितको एकदिने निःशुल्क स्वास्थ्य सेवा शिविर कालिमाटी गाउँपालिकाको रामपुरमा सम्पन्न भएको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको अबस्थामा कालिमाटी गाउँपालिकामा जानकारी प्रदान गर्ने र कोरोनाको जोखिमका कारण बाहिर गएर सेवा लिन बाट बन्चित नागरिकलाई स्थानीयस्तरमा नै सेवा प्रवाह गर्ने उद्देश्यले शिविर संचालन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रशन रिखाराम पुनले जानकारी दिनुभयो ।

कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले स्थानीयस्तरमा नै विशेषज्ञ सेवा सहित स्वास्थ्य शिविर संचालन गर्दा गाउँपालिकाबासीले छिटो, छरितो र स्तरीय सेवा पाएको बताउनुभएको छ ।

कोरोनाको कारण सहज रूपमा स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नपाएका नागरिकहरु विशेषज्ञ शिविर संचालन भएसंगै खुसी भएका छन । स्वास्थ्य शिविरमा महिला र पुरुष गरेर ३ सय १ जनाले सेवा लिनुभएको कार्यक्रम संयोजक तारा प्रसाद रिजालले जानकारी दिनुभयो ।।

तपाईंको प्रतिक्रिया