पार्टी एकता संगिन मोडमा पुग्यो प्रचण्ड कमरेड एकल प्रस्ताव फिर्ता लिनुस् : पोखरेल

 कार्तिक २९, २०७७

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले सचिवालय बैठकमा प्रस्तुत एकल प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । प्रचण्डले शुक्रबारको बैठकमा लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्पूर्ण संकटको दोषी करार गरिएको छ ।

पोखरेलले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै दस्तावेज फिर्ता लिन आग्रह गरेका हुन् ।

“कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनरूप छलफललाई अघि वढाउन अनुरोध गर्दछु,” पोखरेलले फेसबुकमा भनेका छन् ।

तपाईंको प्रतिक्रिया