तुलसीपुरमा श्वास्थ्यकर्मि सहित ४ संक्रमित थपिए

तुलसीपुर ।
तुलसीपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिएको स्वावमा पिसिआर परिक्षणमा स्वास्थ्य कर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुने मा वर्डा नं ६ का ५५ वर्षीय पुरुष , वर्डा नं ७ का ४९ वर्षीय पुरुष र ५१ वर्षिय महिला तथा वर्डा नं १८ का ४९ वर्षीय महिला रहेको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।
आज गरिएको अन्य १० जनाको रिर्पोट भने नेगेटिभ देखिएको छ । यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ५६० जना ,सकृय संक्रमित संख्या २५३ जना पुगेको छ । हाल सम्म कोरोना मुक्त हुनु भई घर फर्कने संख्या ४०७ जना पुगेको छ ।
तपाईंको प्रतिक्रिया