कोरोनाबाट १६ जनाको मृत्यु

 मङि्सर ०८, २०७७

काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर ३ हजार ४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

तपाईंको प्रतिक्रिया