ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते

 मङि्सर १७, २०७७

सल्यान ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन । जिल्लाको कपुरकोट बाट लुहाम तर्फ आउदै गरेको रा १ त ३८०३ नम्बरको ट्याक्टर त्रिबेणी गाउँपालिका वडा नम्बर ६ भान्टाखोलामा आज दिउँसो ४ बजे तिर दुर्घटना हुदाँ ट्याक्टर चालक गम्भीर घाइते भएका हुन् ।

कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिनबाङ्ग निबासी अन्दाजी ३२/३३ बर्षिय चालक सुकलाल महतरा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको अहिले कान्तिपुर सामुदायिक हस्पिटल श्रीनगरमा उपचार भैरहेको छ । ट्याक्टर सडक देखि करिब २५ मिटर तल खसेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

तपाईंको प्रतिक्रिया