अनियमितताबारे लेखा समितिले मन्त्री ढकाल संग बुझ्दै

तुलसीपुर ।
सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितताको विषयमा थप बुझ्नका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले थप बुझ्नका लागि भोलि दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाएको हो ।
लेखा समितिका सभापति भरतकुमार शाहले समितिले चार महिनाअघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको भए पनि अहिले मन्त्रीसँगको सल्लाहमा उनको समय मिलेपछि भोलिका लागि बोलाइएको बताउनुभयो । २०७६ चैतमा चीनबाट स्वास्थ्य सामाग्री खरिदको जिम्मा सरकारले ओम्नी बिजनेस ग्रुप अफ कम्पनीलाई दिएको थियो ।
तपाईंको प्रतिक्रिया