एकैदिन हालसम्मकै धेरै कोरोना सङ्क्रमित थपिए

 पुष ०४, २०७७

तुलसीपुर ।

कोरोना महामारी सुरु भएको एक वर्ष हुन लागेको छ । यस अवधिमा विश्वभर कोरोना सङ्क्रमित थपिने क्रम निरन्तर जारी छ । पछिल्लो समय विश्वभर एकैदिन कोरोना सङ्क्रमित थपिने दर ५ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै कोरोना सङ्क्रमित थपिएका छन् । तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ७ लाख २ हजार ५ सय ८२ जना नयाँ कोरोना सङ्क्रमित विश्वभर थपिएका छन् ।

योसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या ७ करोड ५९ लाख ८७ हजार ३ सय ६७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर थप १२ हजार २ सय ३० जनाकोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ लाख ८० हजार २ सय ५९ पुगेको छ । यस्तै हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ५ करोड ३२ लाख ४९ हजार १ सय ८३ जना स्वस्थ भएका छन् ।

हाल विश्वभर सक्रिय सङ्क्रमितको संख्या २ करोड १० लाख ५७ हजार ९ सय २५ रहेको छ ।

तपाईंको प्रतिक्रिया