सै पनि एमाले,मै पनि एमाले भन्दै ओलीको पक्षमा प्रदर्शन

 पुष ०६, २०७७

तुलसीपुर ।

दाङको घोराहीमा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा अनेरास्वबियु दाङले प्रदर्शन गरेको छ । उनीहरुले प्रधानमन्त्री ओलीको कदमको स्वागत गर्दै नारा लगाएका थिए । त्यस अवसरमा सै पनि एमाले, मै पनि एमाले भन्दै नाच गान समेत गरेका थिए ।

र्याली पछि आयोजित कोणसभालाई अनेरास्वबियु दाङका पूर्व सचिव चन्दन भण्डारी, सह संयोजक सर्जन परियार लगायतले सम्बोधन गरेका थिए । सभाको सहजिकरण विराज डिसीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया