महराले भने – ‘कम्युनिष्ट एक हुनुको विकल्प छैन’

 पुष ०७, २०७७

तुलसीपुर ।

पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्ण बहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका छन । कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक मणिकलाल गौतमको १३औँ दिनको पुण्यतिथिमा सोमवार घोराहीमा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै उनले पार्टीमा देखिएको समस्यालाई छलफलबाट हल गर्नुपर्नेमा जोड दिएका छन । कम्युनिष्ट पार्टिको एकता स्वीकार गर्न नसक्ने बाह्य शक्तिको चलखेलले राजनितिमा उथलपुथल ल्याएको उनको दावि छ ।

मुलुकको रक्षाको लागि बाम एकता अपरीहार्य रहेको समते बताएका छन । कार्यक्रममा नेकपाकि केन्द्रीय सदस्य सुजिता साक्यले सरकारलाई घेराबन्दी गर्ने काम पार्टि नेतृत्वबाट नै भएको हुदा राजनितिक घटनाक्रमले नँया मोड लिएको बताएकि थिईन । नेकपा दाङका सचिव सुवास पुनको अध्यक्षतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो ।

तपाईंको प्रतिक्रिया