प्रचण्डपछिको वरियतासहित नेपाल अध्यक्ष चयन

 पुष ०७, २०७७

काठमाडौं ।

नेकपाको प्रचण्ड पक्षधर केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई बैठकले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए । नेपाल प्रचण्डपछिको दोस्रो वरियतामा रहनेछन् ।

यसअघि एमाले माओवादी एकीकरणका बेला ठूलो पार्टीको अध्यक्षको हैसियतमा केपी ओली पहिलो वरियताको अध्यक्ष बनेका थिए भने प्रचण्ड दोस्रो वरियतामा थिए । एकीकरणको बेला माधव नेपाललाई तेस्रो र झलनाथ खनाललाई चौथो वरियतामा राखिए पनि पछि खनाललाई दोस्रो वरियता दिइएको थियो । भोलि बस्ने संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गर्ने प्रचण्ड माधव समूहको तयारी छ ।

उक्त समूहको अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्नेछ । संसद विघटनबारे त्यहीं बैठकमा छलफल हुने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया