सेवा थप्दै लालमटिया स्वास्थ्य चौकी
तिर्थराज ज्ञवाली, देउखुरी ।
राप्ती गाउँपालिका भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा थप गरिएको छ । राप्ती गाउँपालिकाको पुर्वि क्षेत्रमा पर्ने लालमटिया स्वास्थ्य चौकीमा छिमेकी अर्घाखाचिको शितगंगा नगरपालिका र प्युठानको सरुमारानी गाउँपालिकावाट समेट स्वास्थ्य सेवा लिनेको संख्यामा बृद्धि हुदै जादा राप्ती गाउँपालिकाले निक साईमन्स ईन्टिच्युट ललितपुरको सहकार्यमा थप एम वि वि एस चिकित्सक सहितको प्राविधिक टोलि बाट सेवा सुरु गर्न थालेको हो ।
विगतमा १ मात्र एमविविएस चिकित्सक तथा अन्य कर्मचारी द्धारा नियमित सेवा दिदै आएकोमा पछिल्लो समयको माग अनुसार १ चिकित्सक, १ ल्याव टेक्निसीयन, १ फार्मेैसि सहायक तथा एक स्टाप नर्स थप गरि २४ सै घण्टा भिडियो एक्सरे सेवा, ई सी जी सेवा थप गरिएको र छिटै डिजीटल ऐ क्सरे सेवा समेत सुरु गरिने र नागरिकको स्वास्थ्य रक्षा गरिने निक साईमन्सका स्वास्थ्य कर्मीको स्वागत कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले बताउनु भएको छ ।
राप्ती गाउँपालिका र निक साईमन्सको सहकार्यमा २४ सै घण्टा ईमरजेन्सी सेवा दिने गरि स्वास्थ्य सेवा सुरु गरिएको स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीले जानकारी दिनु भएको छ । विहिवार सेवा बारे जानकारी तथा निक साईमन्सका स्वास्थ्य कर्मीको स्वागत कार्यक्रमको आयोजना गरि सेवा बारे स्थानिय नागरिकलाई जानकारी गरिएको छ ।
तपाईंको प्रतिक्रिया