संसद विघटनको बिरोधमा राँके जुलुस

 पुष ०९, २०७७

काठमाडौं ।

संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थी नेता, कार्यकर्ताहरुले काठमाडौंमा निकालेको राँके जुलुसमा निकालेका छन् । बिहीबार साँझे बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म निकालिएको जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि ढुंगा हानाहानसमेत भएको थियो ।

प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए । झडपको सुरुवात भने प्रहरीले राँको खोस्न थालेपछि भएको जुलुसमा सहभागी एक नेताले बताए । त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

तपाईंको प्रतिक्रिया