नेता गौतम पार्टी एकताको पक्षमा

 पुष ११, २०७७

तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम र नेपाल प्रचण्ड समूहका अध्यक्ष पुष्प कमलदाहा प्रचण्ड बीच भेटवार्ता भएको छ । प्रचण्डले उपाध्यक्ष गौतमलाई आज बिहान आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन । संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको छ । भेटवार्तामा उपाध्यक्ष गौतमले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताएका थिए ।

तर जसरी भएपनि पार्टी एकतालाई कायम राख्नु पर्ने उहाँले बताउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ । संसद विघटनसँगै नेकपामा सकट देखिएपछि गौतम तटस्थ छन । सचिवालयका सबै नेताले कित्ता प्रष्ट गरेपनि गौतम कतै खुलेका छैनन, तर संसद विघटनको भने विरोध गरिरहेका छन ।

तपाईंको प्रतिक्रिया