निर्वाचन खर्च झनै बढ्ने

 पुष १२, २०७७

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे अनुसार आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन भयो भने यस पटक निर्वाचन खर्च बढ्ने निर्वाचन आयोगको प्रक्षेपण छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण निर्वाचन खर्च बढ्ने आयोगले प्रक्षेपण गरेको हो ।

निर्वाचनको घोषणा भएसँगै निर्वाचन आयोगले निर्वाचन लागि आवश्यक बजेट तयार पार्नको लागि गृहकार्य अगाडि बढाएको छ । आयोगका अनुसार निर्वाचनका लागि आवश्यक अन्य सामग्रीहरु बजार मूल्य पनि बढेको र कोभिड-१९ कारण थप स्वास्थ्य सामाग्रीहरु बढने भएकाले बजेटको आकार बढ्ने छ ।

तीन वर्ष अगाडि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुँदा सात अर्ब ७५ कोरो ९५ लाख रुपयाँ खर्च भएको थियो ।

तपाईंको प्रतिक्रिया