नेकपा प्रचण्ड-नेपाल समुहले दाङमा आन्दोलन गर्ने (बिज्ञप्ती सहित)

 पुष १२, २०७७

तुलसीपुर ।

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) दाहाल–नेपाल समूहको बैठक घोराहीमा बसेको छ । बैठकले संसद विघटनका विरुद्ध आन्दोलन गर्न जिल्ला अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा एक हजार एक सदस्यीय सघर्ष समिति गठन गरेको विज्ञप्ती मार्फत जानकारी दिईएको छ । त्यसैगरी असबैधानिक कदमका विरुद्ध पुस १४ गते घोराहीमा आयोजना गरिएको विरोध सभामा उपस्थितिको लागी सबैमा अपिल समेत गरेको छ ।

अध्यक्ष टिकाराम खड्को अध्यक्षतामा बसेको बैठकले नेकपा ओली समुहले पार्टि कार्यालयमा लगाईएको ताला फोडेर गुटगत भेला गरेको भन्दै भ्रत्सर्ना समेत गरेको छ । आज नै ओली समुहको बैठकले ४ सय ८१ सदस्यीय कमिटि विस्तार गरेको छ ।

तपाईंको प्रतिक्रिया