बहुमत अल्पमतको टुंगो चुनावले देखाउँछ: ओली

 पुष १७, २०७७

तुलसीपुर ।
नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत अल्पमतको टुंगो चुनावपछि हुने बताउनुभएको छ । संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको छ । प्रचण्ड–माधव समूहले बहुमत रहेको भन्दै नेकपाको अधिकारिकता दाबी गरेको छ । ओली समूहका अध्यक्ष ओलीले भने बहुमत अल्पमतको टुंगो अहिले नहुने बताउनुभएको छ ।

प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै उहाँले बुहमत अल्पमतको टुंगो अहिले नहुने, चुनावपछि हुने बताउनुभयो । प्रचण्ड–माधव समूहसँग बहुमत भएको भए उनीहरु संसदीय अभ्यासअनुसार वा पार्टी बैठकमा आउने उहाँको दाबी छ । ओलीले प्रचण्ड–माधव समूहले दुई अध्यक्ष घोषणा गरेकोमा समेत व्यंग्य गर्नुभयो ।

आफैं पार्टीको नवौं महाधिवेशनबाट छानिएको नेता भएको र दुई पार्टी मिल्दा दुबैको सम्मान होस् भनेर दुई अध्यक्षको व्यवस्था गरेको उहाँको भनाइ छ ।
ले

तपाईंको प्रतिक्रिया