आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

 माघ ०२, २०७७

काठमाडौं  । 

६० वर्षीया आमा हीराकुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–१ तुमकोट बस्ने २३ वर्षीय विमल नेपालीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी विमलले आमालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईंको प्रतिक्रिया