कुरिती र हिंशाविरुद्ध कपुरकोटमा तालिम
सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिकाले कुरिती, कुप्रथा,लैंगिक हिंशा, मानव बेचविचन तथा ओसारपसार विरुद्ध वडास्तरमा सचेतनामुलक तालिम सञ्चालन गरेको छ । गाउँपालिकाका बसै वडामा तालिम सञ्चालन गरिएको महिला विकास शाखा प्रमुख लक्ष्मी महताराले जानकारि दिइन् । मंगलबार वडा नं १ र दुईको संयुक्त तालिम गर्पामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले समाजमा विकृतीका रुपमा रहेको बालविवाह, बहुविवाह र बोक्सी जस्ता सामाजिक कुरीति विरुद्धको लडाँईमा सबै एक जुट हुनुपर्नेमा जोड दिए ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले राजनितिक परिवर्तनले मात्रै नपुग्ने भन्दै सामाजिक र आर्थिक रुपान्तरण आवश्यक रहेको बताए । गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नं १ का वडा अध्यक्ष बालाराम खड्का, २ का वडा अध्यक्ष मान बहादुर राना लगाएतले बोल्दै कानुनी रुपमा दण्डित र सामाजिक रुपमा कुसंस्कारको रुपमा रहेका सबै प्रकारका चलनहरुको अन्त्यका लागि सरोकारवाकाहरु दृढताको साथ लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रमको सञ्चालन सामाजिक परिचालक प्रकाश ओलीले गरेका थिए । एक वडाका १० जना लाई तालिम प्रदान गरिएको महिला विकास शाखा प्रमुख महताराले बताइन् ।
तपाईंको प्रतिक्रिया