गम्भीर घाईते ओलीको उपचारको क्रममा मृत्यु

 माघ ०७, २०७७

तुलसीपुर ।

ग्यास लिग भएर घरमा आगलागी हुँदा गम्भीर घाईते भएका तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टा निबासी ४० बर्षीय बसन्त वलीको उपचारको क्रममा मृत्यु भएको छ ।

माघ १ गते विहान ६ बजेतिर आगलागी हुँदा गम्भीर घाईते भएका वलीको कीर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचारको क्रममा मंगलवार राति साढे ९ बजेतिर मृत्यु भएको हो ।

कुखुराका बच्चा निकाल्न तापक्रम दिनेक्रममा आगलागी भएको हो । आगलागीबाट घाईते भएकी उनकी श्रीमती गिताको भने काठमाडौंमै उपचार भईरहेको छ ।

तपाईंको प्रतिक्रिया