दुर्घटनामा परि बेपत्ता युवकको शव फेला
तुलसीपुर ।
सवारी दुर्घटनामा परेर बेपत्ता भएका पश्चिम दाङको बबई गाउँपालिका ६ कौशिलापुर निबासी १७ बर्षिय बिजय सुनारको शव १३ दिन पछि फेला परेको छ । उनको शव सुर्खेत गुर्भाकोट नगरपालिका वडा नम्वर १२ बेतनीखोला स्थित भेरी नदीको किनारमा मंगलवार बेलुकी फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृतकको शव पानीमा डुवेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए । गएको पुस २३ गते कालिमाटी सल्यान हुदै सल्लीबजार जादै गरेको ना ५ ख ७७५० नम्वरको बस दुर्घटना भएको थियो । सोहि दुर्घटनामा परि उनी बेपत्ता भएका थिए । प्रहरीका अनुसार सोहि दुर्घटनामा परि चालकको मृत्यु भएको थियो भने अर्का एक जना घाईते भएका छन् ।
बस चालक बबई गाउँपालिका ३ का सुमन नेपालीको घटनास्थलमै मृत्यु भएको थियो भने सिल्यान कालिमाटी गाउँपालिका वडा नम्वर ४ खैरेनी बस्ने ३० बर्षिय दिपक भनिने ईश्वर सुनार घाईते भएको प्रहरीले बताएको छ ।।
तपाईंको प्रतिक्रिया